हङकङका १४ जना लोकतन्त्र समर्थक दोषी ठहर

जनकपुरधाम- हङकङमा १४ जना लोकतन्त्र समर्थक कार्यकर्ताहरूलाई दाषी ठहर गरिएको छ।

हङकङको एक अदालतले बिहीबार उनीहरूलाई दोषी ठहर गरेको हो।

विरोध गर्न नपाउने चीनले तयार पारेको कानुनको आधारमा अदालतले लोकतन्त्र समर्थक १४ जनालाई दोषी ठहर गरिएको बताइएको छ।

दोषी ठहर गरिएकाहरूमा चार जना पूर्वसांसदहरू पनि छन्।

सरकारले गठन गरेको तीन जना न्यायाधीशहरूको संयुक्त इजलासमा यो मामिलको सुनुवाइ भएको थियो।

अदालतले यो मुद्दामा पूर्वजिल्ला काउन्सलर ली यू–शुन र लौरेन्स लाउलाई सफाइ दिएको छ।

दोषी ठहर भएका १४ जनालाई जन्मकैदको सजाय हुनसक्ने बताइएको छ।

सन् २०२१ मा एक अनौपचारिक चुनावमा सामेल भएका ४७ मध्ये १४ जनालाई अदालतले दोषी ठहर गरेको हो।

उनीहरूले हङकङको सरकार ढाल्ने प्रयास गरेको अभियोजनपक्षले आरोप लगाएको थियो।

सन् २०१९ मा भएको सरकारविरोधी प्रदर्शनपछि विपक्षलाई दबाउन सुरक्षा कानुनको प्रयोग भइरहेको यो मुद्दालाई नजिकबाट नियाल्नेहरूको भनाइ छ।

चीन र हङकङ सरकारले भने यो कानुनमार्फत सरकारमा स्थिरता ल्याउनुका साथै न्यायिक स्वतन्त्रता हासिल भएको दाबी गरेको छ।(बिबिसीबाट)

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *