सर्लाहीमा स्कोर्पियो र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

तस्बिर : सर्लाही सञ्जाल

जनकपुरधाम- सर्लाहीमा भारतीय नम्बर प्लेटको स्कोर्पियो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

हुलाकी सडकअन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका–३ मा सोमबार राति दुर्घटना भएको हो।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–६ बस्ने २३ वर्षीय शियानन्द महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र पञ्जिायर थारूले जानकारी दिए।

डिएसपी थारूका अनुसार हुलाकी सडकअन्तर्गतको कौडेन र मुसैलीबीचमा मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय नम्बर एचआर ५९ ए ०१३१ नम्बरको स्कोर्पियो र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बर बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ।

दुर्घटनापछि प्रहरीले स्कोर्पियोलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन्।

चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *