जनकपुरधाम- सरकारले आज आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गर्दैछ।
दिउँसो १ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारले बजेट सार्वजनिक गर्न लागेको हो।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेट पेस गर्ने गरी संघीय संसदको संयुक्त बैठकको कार्यसूची सार्वजनिक गरिएको छ।
संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ।
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पुनले राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नेगरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
यसैगरी सवा ४ बजे बस्ने राष्ट्रियसभा बैठकमा पनि अर्थमन्त्री पुनले राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्ने संघीय संसद सचिवालयले जनाएको छ।
Leave a Reply