जनकपुरधाम- सिरियाको दमास्कस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरेलले गरेको सन्दिग्ध हमलाको कठोर जवाफ दिने तेहरानले चेतावनी दिएको छ।
हमलामा ११ जना मारिएको विवरणमा जनाइएको छ। तीमध्ये इरानको रिभोल्युस्नरी गार्ड्सका दुई जना वरिष्ठ कमान्डर पनि रहेका छन्।
इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लंघन भनेका छन्।
दमास्कको मेज्जेह जिल्लास्थित इरानी वाणिज्यदूतावास भवन हमलापछि धुजाधुजा भएको बताइएको छ।
इरानको राजधानी तेहरानमा प्रदर्शनकारीहरूले इजरेलविरोधी नारा लगाउँदै इजरेली झन्डा जलाएका छन्।
यो हमलाको इजरायल जिम्मेवार रहेको इरानले जनाएको छ। यो घटनापछि दुई देशबीच तनाव चुलिने एउटा संकेतको रूपमा हेरिँदैछ।
इजरेली सेनाले विदेशी सञ्चारमाध्यममा आएका समाचारबारे प्रतिक्रिया नदिने बताएको छ।
ह्वाइट हाउसले राष्ट्रपति जो बाइडन विवरणहरूबारे अवगत रहेको जनाएको छ।
दमास्कसमा सोमबार गरिएको हमलाको बदलामा उस्तै कदम चाल्ने अधिकार इरानसँग रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छ्न्।(बिबिसीबाट)
Leave a Reply