जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले काठमाडौंले अझै संघीयता र गणतन्त्र स्वीकार गर्न नसकेको बताएका छन्।
सोमबारदेखि जनकपुरधाममा सुरू भएको जसपा नेपालको राष्ट्रिय अधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
संघीयता र गणतन्त्रबारे काठमाडौंले प्रश्न उठाइरहे पनि यसका विरूद्ध हुने कुनै पनि षडयन्त्रलाई परास्त गरिने उनले बताए।
नेता सोनलले समयक्रमसँगै राजनीतिक रूपमा आफूहरू केही कमजोर भए पनि हार मान्न तयार नभएको जिकिर गरे।
मधेस आन्दोलनका बेला आफूहरूले अलग देश नमागेर अधिकार सम्पन्न मधेसमात्र मागेको उनले स्मरण गराए।
Leave a Reply