‘विश्वासको मत पाउछौं, दुई दल गएका छन् तीनवटा आउँछ’

जनकपुरधाम- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएसँगै एमाले र माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएपछि फेरि एकपटक राजनीतिक अस्थिरता निम्तिएको छ। सत्ता साझेदार दुई दलको समर्थन फिर्तापछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन्। फेरिएको राजनीतिक परिस्थितिमा दलहरू नयाँ सरकार बनाउन गृहकार्यमा जुटेका छन् भने मुख्यमन्त्री यादव भने विश्वासको मत पाउनेमा ढुक्क देखिन्छन्। प्रस्तुत छ मुख्यमन्त्री यादवसँग डिएच खबरले गरेको संक्षिप्त कुराकानीः

एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेको छ अब के गर्नु हुन्छ?

 हामीसँग सत्ता साझेदारी गरिरहेका दुईवटा दलले समर्थन फिर्ता लिएकै हो। के कुरामा चित्त बुझेन त्यो उहाँहरूको कुरा भयो।       मसँग अझै ३० दिन बाँकी छ। त्यतिका दिन कुर्नु पनि पर्दैन। ३० दिनअघि नै प्रदेससभाबाट विश्वासको मत लिन्छौं। विश्वासको       मत प्राप्त गरेर यही सरकारले निरन्तरता पाउँछ।

विश्वासको मत पाउनेमा ढुक्क हुनुहुन्छ?

सतप्रतिशत ढुक्क छु। विश्वासको मत नपाउने कुरा नै भएन। यसमा कसैले कुनै द्विविधान नराखे हुन्छ। मेरो नेतृत्वको सरकारले प्रदेससभाबाट फेरि विश्वासको मत पाउँछ।

विश्वासको मत पाउने के आधारहरू छन्?

त्यो त विश्वासको मत लिने दिन प्रदेससभामा आएर हेर्नु होला नि। हामीले विश्वासको मत पाउँछौं, अहिलेलाई यति नै।

एमाले र माओवादीले समर्थन फिर्ता लिइसक्यो, जनमत पार्टीसँग सुरूदेखि तपाईहरूको टकराव चलिरहेको छ अनि कसरी विश्वासको मत पाउनुहुन्छ?

होइन कुनबेला कुन पार्टी विरोधमा हुन्छ, कुनबेला पक्षमा हुन्छ त्यो पछि थाहा भइहाल्ला नि। दुई दल गएको छ, तीन दल आउँछ। सरकारलाई केही फरक पर्दैन भन्नेमा हामी ढुक्क छौं।

संघमा त भइ नै रहन्छ, प्रदेसमा पनि उथलपुथल गराउने उहाँ नै हो। प्रधानमन्त्रीकै कारण देशमा स्थिरता आउन नसकेको हाम्रो बुझाइ हो। मलाई लाग्छ अब प्रदेसमा पनि स्थायी सरकार हुन्छ र केन्द्रमा पनि प्रचण्डलाई हटाएर स्थायी सरकार बन्छ।

पटक–पटक किन यस्तो भइरहेको छ, तपाईंहरूले केही विश्लेषण गर्नुभएको छ?

होइन यस्तो छ, केन्द्रको प्रभाव प्रदेसमा पनि पर्ने भयो। दलहरूले केन्द्रमा बसेर गरेका निर्णयअनुसार प्रदेसमा पनि अगाडि बढ्नुपर्ने हुन्छ।

हाम्रो प्रधानमन्त्रीजस्तो मान्छेले आफैं भन्नु हुन्छ– म जहिले पनि देशमा उथलपुथल ल्याइदिन्छु। सरकार प्रमुखले उथलपुथललाई शान्त गर्नुपर्ने हुन्छ। तर, हाम्रोमा उल्टो भयो। उहाँको बानी नै छ उथलपुथल गर्ने, उल्टो कुरा गर्ने। त्यसकारण देशमा स्थिरता पनि छैन, विकासविरोधी काम भइरहेका छन्।

संघमा त भइ नै रहन्छ, प्रदेसमा पनि उथलपुथल गराउने उहाँ नै हो। प्रधानमन्त्रीकै कारण देशमा स्थिरता आउन नसकेको हाम्रो बुझाइ हो। मलाई लाग्छ अब प्रदेसमा पनि स्थायी सरकार हुन्छ र केन्द्रमा पनि प्रचण्डलाई हटाएर स्थायी सरकार बन्छ।

त्यसो भए नेपाली कांग्रेसले तपाईंहरूलाई समर्थन दिन्छ भन्नेमा ढुक्क हुनुहुन्छ?

कांग्रेस पनि आउँद, लोसपा पनि आउँछ, एकीकृत समाजवादी पनि आउँछ र जनमतलाई पनि ल्याउनुपर्छ। र, केन्द्रमा पनि प्रचण्डलाई हटाएर फेरि यिनै दलहरू मिलेर सरकार बनाउनुपर्छ।

यतिबेला केन्द्रदेखि प्रदेस सरकारहरूले बजेट ल्याउने समय हो। यस्ता राजनीतिक घटनाहरूले कतिको प्रभाव परेको छ?

अहिले त देशमै प्रभाव परेको छ। हामीभन्दा अगाडि त संघमै बजेट ल्याउनुपर्ने हुन्छ। उथलपुथल त त्यहाँ पनि भयो। हाम्रै अध्यक्षज्यूले समर्थन फिर्ता लिनुभयो, विश्वासको मत त प्रचण्डजीले पनि लिनुपर्छ।

उथलपुथल गर्ने प्रधानन्त्रीसँग तपाईंको अध्यक्षज्यू किन जानुभयो त?

होइन, उथलपुथल नै गर्नुहुन्छ भनेर त्योबेला कहाँ थाहा थियो र? उहाँ आफैंले भनिदिनुभयो – उथलपुथल गर्ने मान्छे म नै हो, पार्टी फुटाउने मान्छे नै हो। मान्छेले त विश्वास गर्ने हो नि। विश्वास गर्ने मान्छे खराब हुँदैन, धोका दिने मान्छ खराब हुन्छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *