विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्ड्सविरूद्ध नेपालले प्रस्तुत गर्‍यो १७३ रनको लक्ष्य

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै नेपालले १७२ रन बनाएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रनको अर्धसतकीय इनिङ खेलेका छन्।

त्यस्तै आरिफ शेखले २१, आसिफ शेखरले १७ र कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए।

नेदरल्यान्ड्सका लागि आर्यन दत्त र भिभियन किंग्माले ३–३ विकेट लिए भने बास डि लिडले २ तथा रोलेफ भान डर मर्वेले १ विकेट लिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *