विदेशी मुद्रासहित दुई पाकिस्तानी पक्राउ

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड नेपाली मूल्य बराबरको विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ।

फ्लालाई दुबई विमानबाट काठमाडौं आएका पाकिस्तानी नागरिकहरू येसीन अहमद र मोहम्मद अदनान लखानीलाई प्रहरीले  नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट डेनमार्कको मुद्रा ५ लाख ( नेपाली ९५ लाख ४३ हजार ३८४ रूपैयाँ) बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अन्तर्राष्ट्रियतर्फको आगमन गेटमा शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट यो परिमाणमा विदेशी रूपैयाँ बरामद भएको हो।

थप अनुसन्धानका लागि दुवै जनालाई राजस्व अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *