लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्न प्रकाशक महासंघको माग

जनकपुरधाम- प्रकाशक महासंघ नेपालले लोककल्याणकारी विज्ञापनको रकम माग गर्दै मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

महासंघका अध्यक्ष शंकर साहको नेतृत्वमा गएको टोलीले पाँचबुँदे माग राख्दै मुख्यमन्त्री यादवलाई ध्यानाकर्षणपत्र बुझाएको हो।

मधेस प्रदेसका पत्रपत्रिकासहितका सञ्चारमाध्यमहरूको अवस्था जर्जर रहेको अवस्थामा प्रदेस सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्नु प्रेसविरोधी कार्य भएको महासंघले ठहर गरेको छ।

महासंघले लोककल्याणकारी विज्ञापनको रकम यथाशीघ्र निकासा गरी विज्ञापन वितरण गर्न, विगतको वर्षमा उपलब्ध गराएको लोककल्याणकारी विज्ञापनमा रकम कटौती नगरी विज्ञापनको रकम शतप्रतिशतले वृद्धि गर्न र प्रदेस सरकारअन्तर्गतका विज्ञापनहरू सबै सञ्चारमाध्यमलाई एकद्वार, चक्रीय र समानुपातिक ढंगबाट वितरण गर्न माग गरेको छ।

त्यस्तै संघीय सरकारद्वारा सञ्चालित पत्रपत्रिका र सञ्चारमाध्यमहरूलाई प्रदेस सरकारबाट पनि विज्ञापन दिनु संघीय परिकल्पनाको विपरित र प्रदेसका सञ्चारमाध्यमलाई समाप्त पार्ने षडयन्त्र भएकाले यस्ता विज्ञापनहरू बन्द गरी स्थानीय नियमित सञ्चारमाध्यमलाई वितरण गर्न महासंघको माग छ।

महासंघले प्रदेस सरकारबाट दिइने सम्पूर्ण विज्ञापन प्रदेसकै सञ्चारमाध्यहरूलाई वितरण गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

आफूहरूले उठाएका पाँचबुँदे माग फागुन मसान्तसम्म सम्बोधन नभए संघर्षमा उत्रिने महासंघले चेतावनी दिएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *