काठमाडौं- कपिलवस्तुमा भएको बस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये तीन जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादु भण्डारी, नेपाली सेना कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेस मुरादाबादका सकिल मुसलमान रहेका छन्।
महेन्द्रननगरबाट काठमाडौंतर्फ आउँदै गरेको सुनौला महाकाली यातायातद्वारा सञ्चालित सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बुधबार राति करिब १ बजे दुर्घटना भएको थियो।
बस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा परी ३० जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply