जनकपुरधाम- युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकी तथा अरू उच्च पदस्थ अधिकारीहरूको हत्या गर्ने एउटा रूसी षडयन्त्रलाई विफल तुल्याइएको युक्रेनी सेक्युरिटी सर्भिस (एसबियु) ले दाबी गरेको छ।
युक्रेनी सेनाका एउटा एकाइका दुई जना कर्नेललाई गिरफ्तार गरिएको छ।
गिरफ्तार गरिएकाहरू रूसी गुप्तचर निकाय (एफएसबी) सम्बद्ध एउटा सञ्जालका लागि जासुस भएका पाइएको एसबियुले जनाएको छ।
एसबियुका अनुसार ती दुईले जेलेन्सकीका अङ्गरक्षकहरूमध्ये त्यस्ता व्यक्तिको खोजी गरिरहेका थिए जो उनको अपहरण तथा हत्या गर्नका निम्ति इच्छुक होउन्।
युक्रेनमाथि गरिएको पूर्ण स्तरको अतिक्रमणका सुरूवाती घन्टा तथा दिनहरूमा रूसी प्याराट्र्पहरूले किएभमा ओर्लिन प्रयत्न गरेयता जेलेन्स्कीको हत्या प्रयासका षडयन्त्रहरूबारे सुनिँदै आएको छ।
जेलेन्स्कीका अनुसार रूसी अतिक्रमणको सुरूवातताका उनी रूसको एक नम्बरको निसाना थिए।
तर, पछिल्लो षडयन्त्र बाँकीभन्दा फरक रहेको देखिएको छ।
षडयन्त्रको हिस्सा भएको बताइएका कर्नेलहरू बहालवाला हुन् जसको जिम्मेवारी युक्रेनी अधिकारी एवं संंस्थाहरूको सुरक्षा गर्नु रहेको छ। तर, तिनै व्यक्तिलाई जासुसका रूपमा काममा लगाइएको बताइएको छ।(बिबिसीबाट)
Leave a Reply