काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न खोजिएको बताएका छन्।
सहकारी ठगीको विषयमा मुछिएका भनिएका गृहमन्त्री लामिछानेलाई फसाउन खोजिएको उनले बताएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदभित्र र बाहिर सहकारी ठगीमा मुछिएका व्यक्ति गृहमन्त्री पदमा बस्न नहुने बताउँदै आएको छ।
कांग्रेसले अनुसन्धान प्रभावित हुने भएकाले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेको छ।
एमाले अध्यक्ष ओली भने गृहमन्त्री लामिछानेको बचाउमा उत्रिएका छन्। उजुरी परेकै आधारमा गृहमन्त्रीले पद छाड्न जरूरी नभएको उनको तर्क छ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले उजुरी दिएकै आधारमा ओलीले उजुरी दिएकै आधारमा गृहमन्त्री लामिछाने मन्त्रीबाट हट्नुपर्ने कांग्रेसको माग जायज नभएको बताए।
‘उजुरी पर्दैमा मन्त्री नहुने हो भने नेपालमा सबै मन्त्री खाली हुन्छन्, संसद खाली हुन्छ,’ उनले भने।
ओलीले कांग्रेसतिर नलागेका कारण लामिछानेलाई फसाउन खोजिएको दाबी गरे।
‘उनी कुनै सहकारीमा छन्, सहकारी सञ्चालक छन्, सदस्य हुन्, पैसा उठाउने, सहकारी डुबाउन केही गरेको छ, केही पनि छैन भने छानबिन कसरी प्रभावित हुन्छ,’ उनले भने, ‘कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन, त्यसैले बदनाम गर्न र फसाउने काम गरिएको छ।’
लामिछानेको विषयमा कांग्रेसले विरोध गर्नुको औचित्य नभएको उनले बताए।
Leave a Reply