काठमाडौं- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन मंगलबारदेखि काठमाडौंमा सुरू भएको छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान अधिवेशन सुरू भएको हो। प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल थालिएको छ।
महासचिव देवप्रसाद गुरुङले प्रत्येक समूहमा ५० देखि ५५ सहभागी रहने गरी समूह बनाइएको जानकारी दिए।
उनले प्रत्येक समूहमा विधान मस्यौदामाथि छलफल भइरहेको बताए।
बुधबार अपराह्न १ बजेसम्म छलफल गरी सबै समूहले आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्ने उनले बताए।
२० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरूप दिइनेछ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा १२ सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ।
सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेसका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीहरू सहभागी छन्।
Leave a Reply