जनकपुरधाम- नेपाली कांग्रेस र जनमतको अवरोधपछि मधेस प्रदेसको प्रदेससभा बैठक स्थगित भएको छ।
कांग्रेस र जनमत पार्टीका प्रदेससभा सदस्यहरुले वेलअगाडि नाराबाजी गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको र सप्तरी घटनाको छानबिन गर्न मुख्यमन्त्री सरोजकुमार यादव तयार नभएको भन्दै कांग्रेस र जनमतले अवरोध गरेको हो।
सप्तरीको राजविराजमा मधेस कृषि विश्वविद्यालय शिलान्यासका क्रममा तत्कालीन शिक्षामन्त्री जनमत पार्टीका महेस यादवमाथि कुटपिट भएको घटना छानबिन गर्न मुख्यमन्त्री तयार नभएको प्रदेस सांसदहरुले आरोप लगाएका छन्।
बैठक स्थगित भएसँगै सभामुख मण्डल सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफलमा जुटेका छन्।
मुख्यमन्त्री यादवले प्रदेससभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।
सरकारमा सहभागी कांग्रेस ९ चैतमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री नियुक्त भएयता एकै कार्यकालमा उनले चाथौंपटक विश्वासको मत लिन लागेका हुन्।
Leave a Reply