जनकपुरधाम- जल तथा मौसम विज्ञान विभागले मधेस, कोसी, बागमती र गण्डकी प्रदेसका अधिकांश तथा लुम्बिनी प्रदेसका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको जनाएको छ।
विभागले आज राति गण्डकी प्रदेसका केही स्थानमा मुसलाधार वर्षा हुनसक्ने जनाउँदै ती स्थानका सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
कोसी प्रदेसमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
गण्डकी प्रदेसका केही तथा कोसी, मधेस र बागमती प्रदेसका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
विभागका अनुसार आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेसलगायत लुम्बिनी प्रदेसका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोसी, बागमती र गण्डकी प्रदेसका केही, मधेस र लुम्बिनी प्रदेसका एक दुई स्थान तथा बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै गण्डकी प्रदेसका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आगामी २४ घन्टामा कोसी, बागमती, गण्डकी र मधेस प्रदेसका केही स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी प्रदेसका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव तथा बाढीपहिरोको जोखिम रहेको विभागले जनाएको छ।
Leave a Reply