बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं- बागमती प्रदेसका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार बसेको प्रदेससभा बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन्। योसँगै उनले तेस्रोपटक विश्वासको मत पाएका हुन्।

जम्कट्टेलले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ५६ मत प¥यो। विपक्षमा ३७ र १५ सांसद तटस्थ रहे।

११० सदस्यीय प्रदेससभामा १०८ सांसद उपस्थित थिए।

जम्कट्टेललाई माओवादी केन्द्र, नेकपा एमाले, नेकपा(एकीकृत समाजवादी) र हाम्रो नेपाल पार्टीकले विश्वासको मत दिए।

हाम्रो नेपाल पार्टीका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित थिइन्।

मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाल पार्टीका संसदीय दलका नेतालाई सरकारमा सहभागी गराएर विश्वासको मत प्राप्त गर्ने वातावरण बनाएका हुन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गरे। राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसद तटस्थ रहे।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *