जनकपुरधाम- सरकारले विशेष अनुदानअन्तर्गत प्रदेसका लागि ४ अर्ब ४० करोड र स्थानीय तहका लागि ८ अर्ब ५० करोड विनियोजन गरेको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो जानकारी दिएका हुन्।
प्रदेस र स्थानीय तलाई पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपुरक अनुदान ६ अर्ब २० करोड ७ अर्ब विनियोजन गरिएको उनले बताए।
सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदान प्रदेसका लागि ६० अर्ब र स्थानीय तहका लागि १८ अर्ब हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ।
त्यस्तै सशर्त अनुदान प्रदेसका लागि २५ अर्ब ८४ करोड र स्थानीय तहका लागि २ खर्ब ८ अर्ब ८८ करोड विनियोजन गरिएको छ।
सशर्त, समपूरक र विशेष अनुदान कार्यसम्पादनको आधारमा हस्तान्तरण गरिने व्यवस्था बजेटमा मिलाइएको छ।
Leave a Reply