फेरि बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च

जनकपुरधाम- स्थानीय बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ।

छापावल सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रूपैयाँ कायम भएर कारोबार भइरहेको छ।

नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत जेठ १८ गते छापावल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

सोमबारको तुलनामा मंगलबार छापावल सुन प्रतितोला १ हजार ७ सय रूपैयाँले वृद्धि भएको हो।

सोमबार छापावल सुन प्रतितोला १ लाख ४१ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार ८६० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबारको तुलनामा चाँदीको मूल्यमा २५ रूपैयाँ वृद्धि भएको हो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *