काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ।
ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित १० जनालाई सिआइबीले पक्राउ गरेको हो।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले ऋण अपचलनसम्बन्धी विषयमा न्यौपानेसहित १० जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्।
छानबिन भइरहेको र छानबिनपछि सबैको नाम सार्वजनिक गरिने उनले बताएका छन्।
Leave a Reply