काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार लुम्बिनी प्रदेससभामा सम्बोधन गर्ने भएका छन्।
तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन्।
प्रदेससभा सचिव दुर्लभकुमार पुनले दिउँसो २ बजे बस्ने प्रदेससभा बैठकमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन गर्ने कार्यक्रम रहेको बताए।
प्रधानमन्त्री प्रचण्ड सम्बोधनका लागि आउने भएपछि प्रदेससभा भवन परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत स्थानीय विद्यालय परिसरमा ओर्लिएर त्यहाँबाट सिधै उनको प्रदेससभा भवन पुग्ने कार्यक्रम रहेको छ।
प्रदेससभामा सम्बोधनपछि प्रचण्डलले प्रदेसका मुख्यमन्त्री, सभामुख, मन्त्रीहरूसँग भेटवार्ता गर्नेछन्।
उनको आजै राप्ती गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।
प्रधानमन्त्री प्रचण्ड लुम्बिनी प्रदेससभालाई सम्बोधन गर्नुअघि बागलुङको पञ्चकोट पुगेका छन्।
सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन प्रचण्ड त्यहाँ पुगेका हुन्।
Leave a Reply