काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ।
झापाको अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकीको गएराति उपचारको क्रममा निधन भएको हो।
कांग्रेस झापका सचिव कृष्ण हुमागाईंका अनुसार लामो समयदेखि प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको गएराति साढे ११ बजे उपचारको क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो।
तत्कालीन पञ्चायतकालमा विसं.२०४३ मा उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए।
विसं. २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
कांग्रेसको सरकार गठन हुँदा उनी सामान्य प्रशासनमन्त्री भएका थिए।
तत्कालीन राजा वीरेन्द्र वीरक्रिम शाह र भुटानका तत्कालीन राजा जिग्मे सिग्मे वाङचुकसँगै दार्जिलिङको सेन्ट जोसेफ कलेजमा अध्ययन गरेका बुढाथोकी पाँच दशकदेखि राजनीतिमा सक्रिय थिए।
उनकी पत्नी, दुई छोरा र दुई छोरी छन्।
Leave a Reply