पाकिस्तानका पूर्वक्रिकेटर अकमलले किन मागे माफी?

जनकपुरधाम- पाकिस्तानका पूर्वक्रिकेटर कामरान अकमलले सिख समुदायमाथि गरेको टिप्पणीका लागि माफी मागेका छन्।

आफूले गरेको टिप्पणीमाथि खेद रहेको उनले बताएका छन्।

भारतका पूर्वक्रिकेटर हरभजन सिंहले अकमलले गरेको टिप्पणीका लागि उनलाई लज्जाबोध हुनुपर्ने बताएका छन्।

अकमलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘मैले गरेको टिप्पणीप्रति म खेद प्रकट गर्छु। म हरभजन सिंह र सिख समुदायसँग माफी माग्दछु।’

अकमलले आफूले प्रयोग गरेको शब्द अपमानजन रहेको स्वीकार गरेका छन्।

‘मेरो शब्द अनुचित र अपमानजनक थियो। म दुनियाँभरका सिखलाई सम्मान गर्दछु। कसैको भावनामाथि अघात पु¥याउने मेरो उद्देश्य थिएन, म माफी चाहन्छु।’

अकमलले गरेको टिप्पणीमाथि प्रतिक्रिया दिँद भारतीय पूर्वक्रिकेटर हरभजनले आफ्नो मुख खोल्नुअघि सिखको इतिहासबारे जानकार हुनुपर्ने बताएका थिए।

भारत र पाकिस्तानबीच आइतबार भएको खेलका क्रममा पाकिस्तानको न्युज च्यानलको एक शोमा भनेका थिए,‘अन्तिम ओभर अर्शदीप सिंहले फ्याल्नुपर्नेछ। उनी लयमा देखिएका छैनन्, १२ बजिसकेको छ।’

अमेरिकामा भइरहेको टि–२० विश्वकपमा आइतबार भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो।

अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि १८ रन चाहिएको थियो। तर, अर्शदीपको ओभरमा पाकिस्तानले जम्मा ११ रनमात्रै बनाउनसक्यो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *