नेताहरूको कार्यविभाजनमा उपमहासचिव शर्माको ‘नोट अफ डिसेन्ट’

काठमाडौं- पार्टीले गरेको कार्यविभाजनप्रति उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गरेको नेताहरूको कार्यविभाजनप्रति शर्माले असहमति जनाएका हुन्।

पार्टी स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन गरेको हो।

उपमहासचिव शर्माले नेताहरूको कार्यविभाजनबारे बैठकमै आफ्नो असहमति व्यक्त गरेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीको निर्णयमा आफूले असहमति दर्ज गरेको बताए।

कार्यविभाजन पार्टी निर्माण गर्ने उद्देश्यले नभएको उनको भनाइ छ।

शर्माले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायतलाई जिम्मेवारीविहीन बनाइएकोमा असहमति रहेको बताए।

त्यस्तै सुदूरपश्चिम प्रदेसमा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इञ्जार्च बनाइएको, सुदूरपश्चिम संसदीय दलको विवादलाई सन्तुलित रूपमा नटुंग्याइएको प्रति पनि आफ्नो असहमति रहेको उनले बताए।

शर्माले आफ्नो असहमतिका बुँदाहरू स्थायी कमिटी सदस्यहरूलाई बाँडिदिएको बताए।

आफ्नो असहमतिलाई पार्टी अध्यक्षले असहमति राख्न पाइन्छ भनेर सकारात्मक रूपमा लिएको उनको भनाइ छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *