दुई न्यायाधीश पदमुक्त

काठमाडौं- न्याय परिषदले दुई न्यायाधीशलाई पदमुक्त गर्न सिफारिस गरेको छ।

परिषदको आइतबार बसेको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको हो।

परिषदका अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।

परिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतवानीसहित महोत्तरी सरुवा गरेको छ।

जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *