नाका र रेल तीन दिन बन्द

oppo_0

जनकपुरधाम – भारतसँग सीमा जोडिएको धनुषाका सीमानाका बन्द हुने भएका छन्।

भारत बिहार राज्यको मधुबनी जिल्लामा हुन लागेको लोकसभ निर्वाचनलाई लक्षित गर्दै शनिबार राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको हो।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले भारतमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्ने निर्णय भएको जानकारी दिए।

उनले शनिबार राति १२ बजेदेखि आगामी २५ गते राति १२ बजेसम्म नाका बन्द रहने बताए।

मधुबनी जिल्लाको मजिस्ट्रेट र कलेक्टर कार्यालयबाट अनुरोधसहितको पत्रको आधारमा निर्वाचन हुनुभन्दा ७२ घन्टाअगावै जिल्लाका सीमानाका बन्द गर्ने निर्णय भएको यादवले जानकारी दिए।

यस्तै भारत बिहारमा हुने लोकसभा निर्वाचनका लागि जनकपुरधाम–जयनगर रेल सेवा पनि तीन दिन बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *