तीन दलका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन

काठमाडौं- तीन दलका शीर्ष नेताहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ।

संसदीय छानबिन समितिको कार्यदेश (टिओआर) मा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो।

सहकारी ठगी प्रकरणमा गठन हुने भनिएको संसदीय छानबिन समितिको टिओआरमा सहमति खोज्न शुक्रबार माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू छलफलमा जुटेका थिए।

बैठकमा कांग्रेस नेताहरूले संसदमा गृहमन्त्रीले दिएको अभिव्यक्ति, सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउलगायतका विषयमा सत्तापक्षको धारणा मागेका थिए।

बैठकमा कुनै सहमति जुट्न नसके पनि बैठक सकारात्मक रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

प्रतिपक्षी दलका नेताहरू बाहिरिएपछि सत्तारुढ दलका नेताहरूबीच छलफल भएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *