टि–२० श्रृंखला : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं- त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० श्रृंखलाअन्तर्गत मंगलबार नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजेबाट नेपाल र नेदरल्यान्ड्सबीच उपाधिका लागि फाइनल खेल हुन लागेको हो।

नामिबियासमेत सहभागी त्रिकोणात्मक श्रृंखलामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो।

नेदरल्यान्ड्स प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ।

श्रृंखलाको सुरूको दुई खेल हारेको नेपालले अन्तिम दुई खेल जितेको थियो।

नेरल्यान्ड्स र नामिबियाविरूद्धको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि दुवै टिमले समान १–१ अंक पाएका थिए।

योसँगै नेदरल्यान्ड्स शीर्ष स्थानमा पुग्दा नामिबिया तीन अंकसहित तेस्रो स्थानमा सीमित भएको थियो।

फाइनल प्रतिस्पर्धाबाट टि–२० श्रृंखलाको विजेत छानिनेछ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *