
फाइल फोटो
काठमाडौं – नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेसमा गैरसंवैधानिक तरिकाले गठन भएको बताएको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले शुक्रबार काठमाडौंंमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन्।
उनले प्रदेस प्रमुखलाई कुनै दल विशेषका लागि निर्णय गर्ने अधिकार संविधानले नदिएको पनि बताए।
महतले प्रदेस प्रमुखले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरेर सरकार गठन गरेको आरोप लगाए।
प्रदेससभाको ठूलो दलले पाउने अधिकारलाई प्रदेस प्रमुखले नजरअन्दाज गरेको उनको भनाइ छ।
महतले सर्वोच्च अदालतको आदेशलाई पनि प्रदेस सरकारले उल्लंघन गरेको बताए।
गण्डकी प्रदेसमा दीर्घकालीन असर पु¥याउने निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पनि मन्त्रालय फुटाउनेदेखि महत्वपूर्ण नियुक्तिहरू गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको हो।
त्यस्तै कोसी प्रदेसको हकमा पनि एमाले र माओवादीले गलत कदम उठाएको उनले बताए।
सर्वोच्च अदालतको आदेशले दुई वर्षसम्म सरकारलाई चलाउन नपाइने भन्दै संकल्प प्रस्तावलाई मुख्यमन्त्री हटाउन नसकिने उनको भनाइ छ।
Leave a Reply