गण्डकीमा माओवादीका मन्त्री बर्खास्त, कर्णालीमा कांग्रेसले लियो समर्थन फिर्ता

जनकपुरधाम- गण्डकी प्रदेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सामेल माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्।

केन्द्रमा गठबन्धन फेरिएसँगै मुख्यमन्त्री पाण्डेले माओवादीका दुई मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।

मंगलबार बिहान पाण्डेले उनीहरूलाई हटाएर मन्त्रीमण्डल पुनर्गठनका लागि प्रदेस प्रमुखलाई पत्र पठाएका छन्।

उनले सामाजिक विकासमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशमबहादुर जग्जालीलाई बर्खास्त गरेर दुवै मन्त्रालय आफैं राखेका छन्।

मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका दुवै मन्त्री बर्खास्त गरेर मन्त्रिपरिषदको कार्यविभाजनसम्बन्धी पत्र प्रदेस प्रखुम पृथ्वीमान गुरुङलाई पठाएका छन्।

बर्खास्त भएसँगै सिम्खडा र जग्जालीले मन्त्रालय छोडेका छन्।

मुख्यमन्त्री पाण्डेले ‘माथि जे भयो भयो यता पनि त्यही भएको’ मन्त्रीहरूलाई फोन गरेर जानकारी गराएका थिए।

यता कर्णाली सरकारबाट समर्थन फिर्ता लिँदै कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन्।

माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका तीन जना मन्त्रीले संयुक्त राजीनामा दिएका हुन्।

८ सदस्यी मन्त्रिपरिषदमा कांग्रेसबाट तीन जना मन्त्री थिए। अर्थमन्त्री वेदराज सिंह, समाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका हुन्।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले केन्द्रमा समीकरण फेरिएपछि प्रदेसमा पनि आफ्नो पार्टीका मन्त्रीहरूले राजीनामा दिएको बताए।

‘हामी स्वतन्त्र छैनौं, दलमा बाँिधएका छौं,’ शाहीले भने,‘उहाँहरूले केन्द्रमा भागबन्डा गर्नुभयो, बर्दास्त गर्नुभन्दा बाटो खोलिदिएकै राम्रो हो। त्यसैले हाम्रा मन्त्रीहरूले राजीनामा दिनुभएको हो।’

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *