जनकपुरधाम- गजल सम्राट पंकज उदासको निधन भएको छ।
७२ वर्षको उमेरमा सोमबार उनको निधन भएको हो।
छोरी नायाब उदासले उनको निधनसम्बन्धी जानकारी साझा गरेकी छन्।
नायाबले सामाजिक सञ्जालमा लेखेकी छन्,‘ज्यादै दुःखको साथ भन्नु परिरहेको छ कि पद्मश्री पंकज उदासको २६ जनवरी २०२४ मा निधन भएको छ।’
लामो समयदेखि बिरामी पंकजलाई १० दिनअघि ब्रीच कैंडी अस्पताल भर्ना गरिएको थियो।
उनको अन्तिम संस्कार मंगलबार हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
Leave a Reply