काठमाडौँबाट जनकपुर आउँदै गरेको बसमा भारतीय नागरिक मृत फेला

भारतीय नागरिक मृत फेला परेको स्टार बस।

जनकपुरधाम- काठमाडौँबाट जनकपुर– जटहीतर्फ आउँदै गरेको बसमा एक जना भारतीय नागरिक मृत फेला परेका छन्।

मधेस प्रदेस ००४–००१ ख ०१५७ नम्बरको स्टार बसमा भारत मधुबनी जिल्ला सिमरी टोल बस्ने अन्दाजी ६५–७० वर्षका जगदिश यादव मृत फेला परेका हुन्।

बिहान पाँच बजेतिर धनुषाको लालगढमा पिसाब फेर्नका लागि बस रोकिएपछि यादव अचेत अवस्थामा देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरूणकुमार सिंहले जानकारी दिए।

‘पिसाब फेर्न भनेर सबै यात्रु ओर्लिए। तर, उनी सिटमै अचेत अवस्थामा देखिएका थिए,’ सिंहले भने,‘शंका लागेर हेर्दा उनको मृत्यु भइसकेको थाहा पाइयो।’

डीएसपी सिंहका अनुसार बसका चालकले यो विषयमा तत्काल लालगढ इलाका प्रहरीलाई जानकारी गराएका थिए। लालगढ प्रहरीले भनेपछि बस चालकले ढल्केबर प्रहरी चौकीमा पुर्‍याएका थिए।

डीएसपी सिंहले अहिलेसम्मको छानबिनबाट शंकास्पद केही नदेखिएको बताए। उनले भने, ‘शंकास्पद केही देखिएको छैन। मृतकका आफन्तलाई खबर गरिसेका छौँ। प्रक्रिया पूरा गर्ने काम हुँदैछ।’

बस सञ्चालक विमलेशकुमार सिंहका अनुसार काठमाडौँबाट हिँडिसकेपछि यादवले राति गाडी रोकेको ठाउँमा खाना खाएका थिए। खाना खाइसकेपछि के भएको बसका यात्रुका साथै चालक सहचालकले केही थाहा नपाएको उनको भनाइ छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *