काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले फागुन ७ गतेदेखि सुरू हुन लागेको महासमिति बैठकको तयारीबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए।
कांग्रेस महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदाबरीमा हुन लागेको छ।
केन्द्रीय समितिको बैठक महासमिति बैठकका विषयमा केन्द्रित रहने मुख्यसचिव पौडेलले बताए।
केन्द्रीय समिति बैठकमा उपस्थित हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई अनुरोध गरिएको छ।
कांग्रेसले बुधबार पत्रकार सम्मेलन गरेर महासमिति बैठकको तयारीबारे जानकारी गराएको थियो।
महासमिति बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृति तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव पेस गर्ने बताइएको छ।
त्यस्तै महामन्त्री गगन थापाले सांगठिनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति परिस्थितबारे प्रतिवेदन पेस गर्ने कांग्रेसले जनाएको छ।
Leave a Reply