इटलीमा दुई पानी जहाज दुर्घटना, ११ जनाको मृत्यु, ६० बेपत्ता

जनकपुरधाम- दक्षिण इटलीमा दुई पानी जहाज दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने ६० बढी बेपत्ता भएका छन्।

उद्धार कार्यमा खटिएको जर्मनीको च्यारेटी संस्था रेस्क्युसिपले जनाएअनुसार लैमपड्युसा आइल्यान्डमा जहाज दुर्घटना भएको हो।

रेस्क्युसिपले ५१ जनाको उद्धार गरिएको र डेकको तल्लो भागमा १० जनाको शव बरादम भएको जनाएको छ।

त्यस्तै चिकित्सीय राहत उपलब्ध गराउने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था डाक्टर्स विदाउट बोर्डरले यस्तै अर्को एक दुर्घटनामा ६० जना बेपत्ता भएको बताएको छ।

संयुक्त राष्ट्रका एजेन्सीहरूले जहाज लिबिया र टर्कीबाट प्रवासी लिएर गइरहेको जनाएको छ।

भूमध्य सागर विश्वकै सबैभन्दा खतरनाक जालमार्गमध्ये एक ठानिन्छ।

संयुक्त राष्ट्रको आँकडाअनुसार सन् २०१४ देखि हालसम्म यो मार्गमा २३ हजार ५ सय मानिस मारिएका छन् वा बेपत्ता भएका छन्। (बिबिसीबाट)

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *