काठमाडौं- काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीले भारतीय नागरिक गुलाब सिंह, रिसभ पावा र गौरब चोपडालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध दुंगेलर्ले सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन्।
क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइनमार्फत सट्टेबाजी गराइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूको साथबाट १ करोड १ लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Leave a Reply