तराई समृद्धिका लागि १ अर्ब विनियोजन, प्रदेसहरूलाई आर्थिक हब बनाइने

जनकपुरधाम- सरकारले तराई समृद्धि कार्यक्रमका लागि रू. १ अर्ब बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

तराई–मधेसका सीमान्तकृत तथा पिछडिएको क्षेत्रको आर्थिक सामाजिक तथा सशक्तीकरणका लागि तराई मधेस समृद्धि कार्यक्रम गर्न १ अर्ब विनियोजन गरिएको उनले बताए।

त्यस्तै उनले प्रदेसलाई आर्थिक हबको रूपमा विकास गरिने बताए।

नीजि क्षेत्रसँगको समन्वयमा विशिष्टिकृत आर्थिक केन्द्र बनाइने उनले जानकारी दिए।

कोसी प्रदेसलाई उद्योग, मधेस प्रदेसलाई कृषि, बागमती प्रदेसलाई सूचना प्रविधि, गण्डकी प्रदेसलाई पर्यटन, लुम्बिनी प्रदेसलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेसलाई जडिबुटी र सुदूरपश्चिम प्रदेसलाई धार्मिक पर्यटनको रूपमा आर्थिक हबका रूपमा विकास गरिने पुनले बताए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *