जनकपुरधाम – चिकित्सा क्षेत्रमा पृथक पहिचान बनाउन सफल चिकित्सक डा.रञ्जितकुमार झाको ‘हाम्रो देश’ नामक देशभक्ति गीतको भिडियो सार्वजनिक भएको छ।
प्रसिद्ध गायक राजेश पायल राई र डा. झाले स्वरबद्ध गरेको गीतको भिडियो नयाँ वर्षको अवसरमा श्रोता तथा दर्शकमाझ सार्वजनिक गरिएको हो।
गीतमा शब्द र संगीत झाको रहेको छ।
गुञ्जन स्टुडियोमा रेकर्ड भएको ‘जाग्यो तराई बोल्यो मधेस, आयो हिमाल पहाडको सन्देश, भन्दैछ कसरी हाँस्छ हाम्रो देश…’ बोलको यो गीतमा देशप्रति सम्मान, राष्ट्रिय एकता, समृद्धि, शान्ति, सदभावसहितको सन्देश दिइएको छ।
भिडियोमा झा र गायक राईले आफैं अभियनसमेत गरेका छन्।
राष्ट्र निर्माणमा एकताबद्ध भएर विकास र समृद्धिको बोटोमा उच्च मनोबलका साथ जुट्न ऊर्जा प्रवाहित ‘हाम्रो देश’ ले राष्ट्रभक्तहरूलाई थप प्रोत्साहित गर्ने झाले विश्वास लिएका छन्।
संसारकै सुन्दर तथा कहिल्यै कसैको परतन्त्र नरहेको नेपाल बनाउने अभियानमा आ–आफ्नो स्थानबाट जुट्न उनले आग्रह गरेका छन्।
सप्तरी राजविराजका डा.झा अहिले दोलखाको जिरी अस्पतालमा कार्यरत छन्।
उनले नेपाली तथा मैथिली भाषामा करिब तीन दर्जनभन्दा बढी गीतहरूमा स्वर भरिसकेका छन्।
काठमाडौंको वीर अस्पतालमा काम गरेर अनुभव बटुलिसकेका डा.झा राजविराजको गजेन्द्रनारायण सिंहलगायतका अस्पताका साथै रामरजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकसमेत रहिसकेका छन्।
Leave a Reply