फेरि बढ्यो सुनको मूल्य

जनकपुरधाम- स्थानीय बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ।

आइतबार सुनको मूल्यमा १ हजार ६ सय रूपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुन शुक्रबार तोलामा १ लाख ४१ हजार २ सय रूपैयाँमा कारोबार भएकोमा आजका लागि १ लाख ४२ हजार ८ सय रूपैयाँ निर्धारण भएको छ।

तेजाबी सुन शुक्रबार प्रतितोला रू. १ लाख ४० हजार ५ सयमा कारोबार भएकोमा आज भने १ लाख ४२ हजार १ सय रूपैयाँ निर्धारण भएको छ।

महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *