भारतको राजस्थानमा तापक्रम ५० डिग्री सेल्सियस पुग्यो

जनकपुरधाम- भारतको कैयौं भागमा यतिबेला भीषण गर्मी महसुस भइरहेको छ। यसै क्रममा शनिबार राजस्थानमा तापक्रम ५० डिग्री सेल्सियस पुगेको छ।

राजस्थानको फलोदी भन्ने स्थानमा शनिबार ५० डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो।

जयपुरस्थित मौसम विभागले शनिबार ५० डिग्री सेल्सियस तापक्रम मापन गरिएको जनाएको छ।

त्यस्तै राजस्थानको बाडमेरमा ४८.८ र जैसलमेरमा ४८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको विभागले बताएको छ।

भारतको मौसम विभागले आगामी दुई दिन भारतको उत्तर भारतमा भीषण ‘लू’ को सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

पाकिस्तानमा पनि भीषण गर्मी महसुस भइरहेको छ। पाकिस्तानका केही भागमा पनि तापक्रम ५० डिग्री सेल्सियस मापन गरिएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *