जनकपुरधाम- जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला अदालत धनुषाका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई थप दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
यसअघि बुधबार भएको थुनछेक बहसपछि अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
तीन दिनको म्याद सकिएपछि प्रहरीले सिरोहियालाई शुक्रबार अदालतमा पेस गरेको थियो।
पक्ष र विपक्षका वकिलहरूको बहसपछि ज्ञवालीको इजलासले उनलाई हिरासतमै राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले अनुसन्धान पूरा नभएकोले पाँच दिन म्याद मागेका थिए।
तर, अदालतले तीन दिन म्याद थप गरेको हो।
सिरोहियाको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, मधेस प्रदेसका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ता सीताराम भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोविन्द बन्दी, रमण कर्णलगायतले बहस गरेका थिए।
नागरिकता किर्ते गरेको आरोपमा प्रहरीले कान्तिपुरका अध्यक्ष सिरोहियालाई मंगलबार थापाथलीस्थित उनको कार्यालयबाट पक्राउ गरेको थियो।
Leave a Reply