DHKHABAR

All news at one place

समाचार

आगलागीमा परेर दम्पत्तीको मृत्युु

काठमाडौंं- धादिङमा आगलागीमा परेर वृद्ध दम्पत्तीको मृत्यु भएको छ।

धादिङको थाक्रे गाउँपालिका–५ परानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागि हुँदा वृद्ध दम्पत्तीको मृत्यु भएको हो।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा लामा र उनकी ७० वर्षीया श्रीमती ठुली लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरमा भएका अन्नपात र लत्ताकपडा जलेर सबै नष्ट भएको छ।

धादिङका प्रहरी प्रमुख डिएसपी गौतम केसीले आगलागी भएको खबरपछि हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा लामा दम्पत्तिको निधन भइसकेको बताए।

यसैबीच गोरखामा आगलागी हुँदा दुईवटा घर र चारवटा गोठ जलेका छन्।

गोरखा नगरपालिका–५ स्थित ठुलोरिपमा घरनजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानी पार्वती राना र रूपा रानाको घर जलेका हुन्।

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *