DHKHABAR

All news at one place

खेलकुद

‘बेसबल’ बन्न लागेको हो क्रिकेट?

जनकपुरधाम- विश्वकै सबैभन्दा बढी पैसावाला क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आपिएल) मा यसपालि रनको लुट मच्चिएको छ।

भारतको क्रिकेट मैदानमा ब्याटरहरूले सावधानी र सतर्कता बिर्सिएका छन्।

उनीहरू घातक शैलीमा ब्याटिङ गरिरहेका छन्। र, लगभग हरेक म्याच छक्का प्रहार गर्ने प्रतिस्पर्धामा परिवर्तन गरिरहेका छन्।

ब्याटरहरूको आक्रामक शैलीका कारण बलरहरू हतास र लाचार देखिन्छन्।

आइपिएलमा ब्याटरहरूको अन्दाजलाई हेरेर खेलका जानकार र प्रशंसकहरूको मनमा टि–२० क्रिकेट कुन दिशामा गइरहेको छ भन्ने प्रश्न उठ्न थालेको छ।

मंगलबार राति चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्सबीच भएको ३९ औं प्रतिस्पर्धासम्म यसपालि आइपिएलमा १ हजार १९१ चौका र ६८६ छक्का लागिसकेको छ।

यसको तुलनामा २०२३ को आइपिएलमा २ हजार १७४ चौका र १ हजार १२४ छक्का प्रहार भएको थियो।

यस वर्षको आइपिएलका लगभग आधि सिजन अहिले बाँकी नै छ।

ब्याटरहरूले गरिरहेको प्रदर्शनलाई हेर्ने हो भने गत वर्ष आइपिएलमा बनेको चौका र छक्काको कीर्तिमान टुट्ने निश्चित प्रायः छ।

ब्याटरहरूको चौका र छक्काको वर्षाका कारण उनीहरूको टिमको हौसला पनि बढेको पाइन्छ।

आइपिएलको सुरूवाती चरणमा १५० देखि १६० सम्मको स्कोर डिफेन्ड गर्ने लायक ठानिन्थ्यो। यसपालि यो स्कोर बनाउने १० मध्ये ८ टिमलाई म्याचमा हारको सामना गर्नु परिरहेको छ।

स्कोरिङमा भइरहेको यो परिवर्तनलाई सन् २००७ को पहिलो टि–२० म्याच सम्झनुपर्ने हुन्छ। त्यतिबेला युवराज सिंहले स्टुअर्ट ब्रौडको ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए।

त्यो म्याचमा भारतले २१८ रनको स्कोर खडा गरेको थियो। त्यतिबेला यो स्कोरलाई ठूलो उपलब्धि ठानिएको थियो।

जारी आइपिएलमा मंगलबारसम्म भएका ३९ म्याचमा टिमहरूले १९ पटक २ सयभन्दा बढीको आँकडा पार गरिसकेको छ।

९ वटा म्याचमा त दुवै टिमको स्कोर मिलाएर ४ सय बढी भइसकेको छ। दुईवटा म्याचमा कुल ५ सयभन्दा बढी रन बनेर हैरानपार्ने आँकडा खडा भएको छ।

त्यस्तै यो आपिएल संस्करणमा प्रतिओभर औसत रनरेट १० को रहेको छ।

हुनत हैदराबाद सनराइजर्सले धेरै लोकप्रियता हासिल गरेको छैन। तर, यो संस्करणमा हैदराबाद टिमले रेकर्ड बनाउने एकपछि अर्को खुड्किला तय गरिसकेको छ।

आम भयो २ सयको स्कोर

दिल्ली क्यापिटल्सविरूद्धको आफ्नो पहिलो खेलमा हैदराबादका ब्याटरहरूले पावरप्लेमा १२५ रन बनाएका थिए। यसअघि यो कहिल्यै भएको थिएन।

यसको औसत २०.८३ रन प्रतिओभर हुन्छ।

हैदराबाले यो सिजनमा तीनपटक एक इनिङमा २५० भन्दा बढी स्कोर खडा गरेको छ। रोयज च्यालेन्जर्स बैंगलोरविरूंद्ध उसले २८७ रनको स्कोर खडा गरिदिएको थियो।

यो आइपिएलको सबैभन्दा ठूलो स्कोर हो।

यो सिजनमा ३ सयबढीको आँकडा पनि पार हुनसक्ने संकेत ब्याटरहरूले दिएका छन्।

टि–२० म्याचमा ब्याटरहरूलाई खुलेर ब्याटिङ गर्ने छुट दिइएको हुन्छ। यो रणनीतिमा जोखिम भए पनि जारी आइपिएलमा जसरी चौका र छक्का प्रहार भइरहेको छ त्यो असाधारण हो।

विस्फोटक ब्याटिङको कारण के हो?

पहिलो कारण त समतल पिच हो।

सेता बलवाला एकदिवसीय र टि–२० म्याचका लागि ब्याटरलाई सहयोग पु¥याउने पिच बनाउने गरिएको छ। टि–२० मा दर्शक जबरदस्त एक्सन हेर्न चाहेकाले प्रायः पिचलाई बलर सहयोगी बनाइँदैन।

यसखाले म्याचमा ठूलो सट खेल्नु सामान्य बनिसकेको छ। प्रशंसक, कमेन्टेटर र प्रायोजक सबैलाई ब्याटरबाट अपेक्षा रहेको हुन्छ।

बलरलाई केवल समतल पिचको चुनौतीमात्रै सामना गर्नु परिरहेको छैन। ब्याटरहरू पहिलेको तुलनामा ज्यादै चुस्त दुरूस्त, शक्तिशाली र जोखिम उठाउने बनिसकेका छन्।

खासगरेर टि–२० को सुरूवाती चरणमा करियर सुरू गर्ने ब्याटर।

कठिन भयो बलिङ

टि–२० मा ब्याटर र बलरबीच बढिरहेको असन्तुलन ठीक हो वा होइन भन्ने बहस यतिबेला जोडतोडले सुरू भएको छ।

भारतका पूर्वकप्तान र महान ब्याटर यो बहसमा बलरको समर्थनमा खडा भएको देखिन्छन्।

उनी भन्छन्,‘प्रतिस्पर्धा एकतर्फी हुँदै गयो भने खेलको रोमाञ्च नै सकिने छ।’

बाउन्ड्रीको दूरीलाई ७५ गजबाट घटाएर ६५ गज बनाइएकोमा उनको आपत्ति छ।

दक्षिण अफ्रिकाका बलर डेल स्टेन यसखाले प्रतिस्पर्धाहरू बलरका लागि चुनौती बनिरहेको बताउँछन्।(बिबिसीबाट)

 

 

SHARINGS

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *