सतक बनाउँदा पनि कोहलीमाथि किन उठिरहेको छ प्रश्न?

जनकपुरधाम- शनिबार जयपुरको सवाई मानसिंह स्टेडियममा दुईपटक ‘तुफान’ आयो। तर, पहिलोको हावा त्यति तीव्र थिएन जसले गुलाबी सहर त्यसमा उडोस्।

विराट कोहलीले ६७ बलमा सतक लगाए भने जोस बटलरले ५८ बलमा। र, यही हार र जितको कारण बन्यो।

दुवै नटआउट रहे। तर, जितमा छक्का प्रहार गरेर हस्ताक्षर गरे बटलरले।

राजस्थान रोयल्स ५ बल बाँकी छँदै ६ विकेटले रोयल च्यालेन्जर्स बेंगलुरूलाई पराजित गर्‍यो।

सन्जु सैमसनको टिम अहिलेसम्म चार म्याचमा अपराजेय रहँदै शीर्ष स्थानमा आइपुगेको छ भने बेंगलुरूले पराजयको ह्याट्रिक लगाइसकेको छ।

त्यसोभए विश्वको उत्कृष्ट ब्याटरका रूपमा ख्याति कमाएका कोहली क्रिकेटको सबैभन्दा छोटो स्वरूपमा अब त्यति प्रभावकारी रहेनन् त?

पछिल्लो केही समययता कोहलीको स्ट्राइक रेटमाथि प्रश्न उठिरहेको छ।

बिसिसिआइका सचिव जय शाहले आइसिसी टि–२० विश्वकपको कप्तानका रूपमा रोहित शर्माको नाम घोषणा त गरिसकेका छन् तर कोहलीको नामलाई लिएर बहस सुरू भएको छ।

कोहली र केएल राहुल टि–२० विश्वकप खेल्न पाउने छन् वा खेल्न पाउँदैनन् त्यो आइपिएलको म्याचमा उनीहरूको प्रदर्शनमाथि धेरै हदसम्म निर्भर गर्नेछ।

कोहलीको आठौं सतक

राजस्थानविरूद्ध कोहलीले सतकीय इनिङ खेले। उनी आइपिएल २०२४ मा सतक बनाउने पहिलो ब्याटर बने। यो उनको आठौं सतक थियो।

आइपिएलमा सबैभन्दा बढी सतकको कीर्तिमान उनकै नाममा रहेको छ। यस क्रममा कोहलीले ७ हजार ५ सय रनको आँकडा पनि पार गरे।

राजस्थानविरूद्ध यो उनको पहिलो सतक थियो।

कोहलीको सबैभन्दा ढिलो सतक

कोहलीले नान्द्रे बर्गरको बलमा एक रन प्रहार गरेर ६७ बलमा आफ्नो उपलब्धि हासिल गरे।

उनले ३९ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए र बाँकी ५० रन २८ बलमा बनाए। आइपिएलमा यो उनको सबैभन्दा ढिलो पूरा गरेको सतक हो।

मनिष पाण्डेयले सन् २००९ मा ६७ बलमा आइपिएलको सबैभन्दा ढिलो सतक बनाएका थिए। अब कोहलीको नाम पनि यो अनेपक्षित कीर्तिमानसँग जोडिएको छ।

१९ औं ओभरमा कोहली ९८ रनमा थिए। त्यो ओभरमा बेंगलुरूका ब्याटरले एउटा पनि बाउन्ड्री प्रहार गर्न सकेनन्। र, केवल ४ बनाए।

सोसल मिडियामा ट्रोल भए कोहली

सोसल मिडियामा ढिलो सतक बनाएकोमा कोहलीमाथि प्रयोगकर्ताहरू आक्रामक देखिएका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरू कोहलीलाई ‘स्वार्थी’ भनेर ट्रोल गरिरहेका छन्।

कोहली अन्त्यसम्म आउट भएनन्। र, ७२ बलमा ११३ रन बनाएर नटआउट रहे।

उनले आफ्नो इनिङमा १२ चौका र ३ छक्का प्रहार गरे।

बेंगलुरूले ३ विकेटमा १८३ रन बनायो। कोहली नटआउट रहँदा पनि बेंगलुरूले स्कोरलाई २ सयसम्म पु¥याउन सकेन।
फैफ डू प्लेसीले ३३ बलमा ४४ रन बनाए।

अश्विन र चहलसामु पस्त

रविचन्द्रन अश्विन र युजवेन्द्र चहलले बीचको ओभरमा सन्तुलित बलिङ गरे।

अश्विनले ४ ओभरमा २८ रन दिए भने चहलले ३४ रन दिएर दुई विकेट निकाले।

स्पिनरविरूद्ध कोहलीलाई संघर्ष गर्नुपरेको थियो।

कोहली र डुप्लेसीको सुरूवात राम्रो रह्यो। पावर प्लेमा उनीहरूले ५३ रन बनाए। दुवै जनाले पहिलोविकेटका लागि १२५ रनको साझेदारी गरे।

ब्रेकमा आफ्नो बचाउ गर्दै कोहलीले यो पिचमा ब्याटिङ गर्न सहज नभएको बताए।

भारी पर्‍यो बटलरको सतक

१८४ रन पछ्याउन मैदानमा उत्रिएको राजस्थानका जोस बटलर र कप्तान सन्जु सैमसनले कोहलीको दाबीलाई गलत साबित गरिदिए।

यद्यपि युवा ओपनर यशस्वी जयसवाल शून्यमा आउट भए।

तर, अहिलेसम्म असफल हुँदै आएका बटलरले यो म्याचमा जबरदस्त तरिकाले फर्किए। उनले पछिल्लो तीन म्याचमा ११, ११ र १३ रनको इनिङ खेलेका थिए।

कोहलीले बटलरको एउटा क्याच छाडेर सुरूमै जीवनदान दिएका थिए।

त्यसपछि बटलर र सैमसनले बेंगलुरूका बलरहरूको नराम्ररी पिटाइ गरे।

कोहलीसहित बेंगलुरूका ब्याटरहरूले संघर्ष गरिरहेको पिचमा बटलर र सैमसनले सहज तरिकाले रनको वर्षा गरे।

बटलरले ३० र सैमसनले ३३ बलमा अर्धशतक पूरा गरे।

दुवै टिमको बलिङमा धेरै अन्तर छ। तर, फिल्डिङमा बेंगलुरूले निराशानजक प्रदर्शन गर्‍यो।

बटलर र सैमसनबीच केवल ८६ बलमा १४८ रनको साझेदारी भयो। सैमसन ४२ बलमा ६९ रन बनाएर आउट भए। रियान पराग ४ र ध्रुव जुरेलले २ रन बनाए।

बटलरले ५८ बलमा ९ चौका र ४ छक्काको मदतले अविजित १०० रन बनाउँदा हेटमायर १० रन बनाएर नटआउट रहे।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *