विपक्षी दलको विरोधकाबीच नीति तथा कार्यक्रम पारित

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको हो।

यसअघि संसदमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षका सांसदहरूले भाग लिएका थिए।

विपक्षी दलका तर्फबाट राष्ट्रिय जनमुक्ति मोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पेस गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *