काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन्।
आइतबारदेखि काठमाडौंमा सुरू तेस्रो लगानी सम्मेलनको उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।
अर्थमन्त्री पुनले सम्मेलनका क्रममा सरकार र लगानीकर्ता, स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच विभिन्न सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको बताए।
सम्मेलन नीति निर्माण, लगानीकर्ता, विशेषज्ञ र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकासजस्ता क्षेत्रमा सहकार्यका लागि सञ्जाल विस्तार गर्ने अवसरमा रूपान्तरण हुने उनले बताए।
नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको उल्लेख गर्दै उनले नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषिमा आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जिकिर गरे।
Leave a Reply