टि–२० विश्वकप : स्कटल्यान्डविरूद्ध अस्ट्रेलियाको ५ विकेटको जित

जनकपुरधाम- आइसिसी टि–२० विश्वकप प्रतियोगितामा अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ।

विश्वकपको ३५ औं म्याचमा स्कटल्यान्डले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले पाँच विकेटले जित हासिल गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रनको स्कोर खडा गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले दुई बल बाँकी छँदा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६८ रन बनाए। त्यस्तै मार्कस स्ट्यानिसले ५९ र टीम डेभिडले २४ रन जोडे।

स्कटल्यान्डका मार्क वाट र साफ्यान सरीफले २–२ र ब्राड व्हीलले १ विकेट लिए।

यसअघि ब्याटिङ गरेको स्कटल्यान्डका लागि ब्रेन्डन म्याककुलमले सर्वाचिक ६० रन जोडेका थिए।

त्यस्तै जर्ज मुन्से ३५, रिची बेरिङटनले ४२ र म्याथ्यु क्रसले १८ रन जोडे।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २, अस्टन अगर, नाथन एलिस र एडम जम्पाले १–१ विकेट लिए।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *