जनकपुरधाम- भैरहवाबाट जनकपुरधामतर्फ आउँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १७ जनां घाइते भएका छन्।
जनकपुरधामतर्फ आउँदै गरेको यात्रुबाहक बस बागमती नगररपालिका–११ रायमाझी चोकमा बिहीबार दुर्घटना भएको हो।
रोकेर राखेको लरीमा बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी रुपन्देही मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवटको मृत्यु भएको प्रहरीले बताएको छ।
बसमा ४० जना यात्रु सबार थिए।
दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ।
Leave a Reply