चुरे संरक्षणका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

जनकपुरधाम- चुरे अभियान्ताहरूले चुरे क्षेत्र संंरक्षणका लागि मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण गराएका छन्।

चुरे संरक्षणका विभिन्न १२ बुँदे मागसहित अभियान्ताहरूले मुख्यमन्त्री सिंहलाई ज्ञपानपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन्।

चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवको नेतृत्वमा पुगेका अभियान्ताहरूले मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन्।

अभियानको नेतृत्वमा काठमाडौंको माइतीघरमा धर्ना बसेका चुरे अभियान्ताहरू ३० औं दिन जनकपुर पुगेका ज्ञापनपत्र बुझाएका हुन्।

चुरे तथा वनजङ्गल विनाश र अतिक्रमणका कारण प्राकृतिक स्रोत सम्पदाको ह्रास, पर्यावरण असन्तुलन तथा तापक्रममा भइरहेको वृद्धिले सम्पूर्ण मानव जीवन खतरामा पर्ने भयावह स्थिति अन्त्य गर्ने उद्देश्यसहित चुरे तथा वनजङ्गग संरक्षण अभियान विगत ७ वर्षदेखि निरन्तर धर्ना, जुलुस, पैदलयात्रा लगायतका संघर्षका कार्यक्रम गर्दै आइरहेको ज्ञापनपत्रमा उल्लेख छ।

अभियानले उठाउँदै आएको जनसरोकारसँग सम्बन्धित माग पूरा गर्न पटक–पटक सहमति र प्रतिबद्धता जनाए पनि प्रदेस सरकार गम्भीर नभएको ज्ञापनपत्रमा भनिएको छ।

वन जङ्गल विनास, चुरे क्षेत्रमा भइरहेको नदी उत्खनन तथा दोहनले सर्वसाधारणको जीवन आक्रान्त बनेको उनीहरूको भनाइ छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *