गठबन्धन जुनसुकै बेला टुट्नसक्छ : उपाध्यक्ष पौडेल

जनकपुरधाम- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सत्ता गठबन्धन अन्त्य निश्चित रहेको दाबी गरेका छन्।

आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धन टिक्ने आधार नरहेकाले अन्त्य निश्चित भएको बताएका हुन्।

उपाध्यक्ष पौडेलले राष्ट्रियसभा अध्यक्षका सन्दर्भमा राजनीतिमा हरेक सम्भावना कायम रहने उल्लेख गरे।

यद्यपि आफूहरू पदभन्दा पनि समस्या निकासतर्फ केन्द्रित रहेको उनले बताए।

पार्टी कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा अध्यक्ष केपी शर्मा ओली आउने भनिए पनि कार्यव्यस्तताका कारण उनी आउन नसकेपछि पौडेल जनकपुर पुगेका हुन्।

अध्यक्ष ओली आउने भएपछि स्वागतका लागि एमालेका नेता कार्यकर्ताहरू दुई सय किलोको माला बोकेर विमानस्थल पुगेका थिए।

ओली नआएपछि कार्यकर्ताहरूले पौडेललाई दुई सय किलोको माला लिएर स्वागत गरेका थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *