जनकपुरधाम- लगातार उकालो लागिरहेको सुनको मूल्यमा आइतबार नयाँ कीर्तिमान कायम भएको छ।
अहिलेसम्मकै उच्च दरमा पुगेर सुनको मूल्यले कीर्तिमान कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला रू.१ लाख ३५ हजार ६ सय कायम भएको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रू. १ लाख ३२ हजार ७ सयमा कारोबार भएको थियो।
यस आधारमा सुनको मूल्य प्रतितोला रू. २ हजार ९ सयले वृद्धि भएको छ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ हजार ९ सय वृद्धि भएर रू. १ लाख ३४ हजार ९५० निर्धारण भएको छ।
शुक्रबार तेजाबी सुन रू. १ लाख ३२ हजार ५० मा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघले जनाएअनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रू. १ हजार ६७० निर्धारण भएको छ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला रू. १ हजार ६१५ कायम भएको थियो।
Leave a Reply