सरकारलाई जवाफ दिन सभामुखको रूलिङ

काठमाडौं- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रूलिङ गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख घिमिरेले सांसदहरूले उठाएको प्रश्नको जवाफ फागुन २१ गतेको बैठकमा दिन रूलिङ गरेका हुन्।

शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेका थिए।

एमाले सांसद राजेन्द्र लिङ्गदेन र सूर्य थापाले मिटरब्याजपीडित, लघुवित्तपीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएका थिए।

यसअघि पनि सांसदहरूले बालकुमारी घटना, भ्रष्टाचारका आरोप लगोका मन्त्रीहरू हटाउनुपर्ने लगायतका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका थिए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *